बागलुङमा इलाका प्रहरी प्रमुख मृत फेला, होटल सञ्चालिका र छोरा नियन्त्रणमा
बाग्लुङ | साउन ९, २०८०
फोटो: दिनेश शर्मा
बागलुङ: बागलुङ बडिगाड गाउँपालिकामा वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत फेला परेका छन् ।
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी शारधा प्रसाद चौधरीले बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जानकारी दिए ।
घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेकाे छ ।
प्रहरीका अनुसार अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

